मोटरसाइकलको ठक्करबाट १ को मृत्यु, २ जना घाइते - Pahilo Online

मोटरसाइकलको ठक्करबाट १ को मृत्यु, २ जना घाइते

writer

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । बिहिबार बिहान ११ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना २९ प ६९५२ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक सिमरा ८ बाराका ४५ बर्षीय राज कुमार पुलामी, साईकल चालक स्थानीय २८ बर्षीय नवराज बराईली र साईकलको पछाडी सवार रहेका ४५ बर्षीय डम्बर बहादुर श्रेष्ठ घाईते भएका थिए । घाईते तिनै जनालाई उपचारको लागी बिराट नर्सिंङहोम पठाईएकोमा उपचारको क्रममा साईकलमा पछाडी सवार रहेका डम्बर बहादुर श्रेष्ठको मृत्यु भएको हो । अन्य दुबै जना घाईतेको सोही अस्पतालमा उपचार भईरहेको तथा मोटरसाईकल प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes