पाँचथर र झापामा करेन्ट लागेर २ जनाको मृत्यु - Pahilo Online

पाँचथर र झापामा करेन्ट लागेर २ जनाको मृत्यु

writer

पाँचथर र झापाका २ स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो साँढे ४ बजेको समयमा पाँचथरको याङवरक गाउँपालिका ४ बस्ने ४५ बर्षीय श्री प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा बिद्युतको तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका काम्बाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका ३ खुदुनावारी बस्ने २८ बर्षीया अन्जता राईको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार अपरान्ह पौने ६ बजे आफ्नै घरमा पंखा चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी राईलाई उपचारको लागी बि.एण्ड.सी. अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes