पथरीशनिश्चरेका ८० जनाकै पिसिआर रिपोर्ट नेगेटिभ - Pahilo Online

पथरीशनिश्चरेका ८० जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेबाट पछिल्लो पटक पठाइएको ८० जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक संक्रमितसँगको सम्पर्क (कन्ट्रयाक ट्रेसिङ) का आधारमा परीक्षणमा पठाइएको नगरका ८० जनाकै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका नगरका १ जना २३ वर्षीय पुरुषमा पछिल्लो पटक कोरोना पोजेटिभ देखिएपछि भदौ ६ गते समुदायका ८० जनाको स्वाब संकलन गरि पठाइएको थियो । केही ब्यक्तिको दोहोर्याएर समेत चेक गर्दा कसैमा पनि कोरोना नदेखिएको रिपोर्ट आज आएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।

भदौ २ गते पथरी शनिश्चरे १ को आफ्नो घरबाट काम गर्न सो फ्याक्ट्री गएका ती युवालाई फ्याक्ट्रीले सोही दिन पीसीआरको स्वाब संकलन गराएको थियो । सो को रिपोर्ट ५ गते पोजेटिभ आयो । जस अनुरुप उनलाई समुदायस्तरमै कोरोना भएको ठानेर उनको सम्पर्कमा आएकाहरु तथा त्यसअघि क्वारेन्टिनमा रहेका वडा नम्वर २ र ४ का संक्रमित २ पुरुषको समेत सम्र्पकमा आएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा स्वाब संकलन गरिएको छ । ८० जनाको स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । सो अवस्थापछि भदौ ६ देखि नै नगर क्षेत्र पूर्णरुपमा लकडाउन गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes