कोरोना संक्रमित र अन्य विरामीलाई छुट्टा छुट्टै उपचारको प्रवन्ध गर्न मुख्यमन्त्री राईको निर्देशन - Pahilo Online

कोरोना संक्रमित र अन्य विरामीलाई छुट्टा छुट्टै उपचारको प्रवन्ध गर्न मुख्यमन्त्री राईको निर्देशन

writer

मोरङ । जनस्तरबाट गुनासो आउनथालेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमित र अन्य विरामीलाई छुट्टा छुट्टै उपचारका प्रवन्ध गर्न निर्देशन दिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारबारे गुनासो आएपछि मुख्यमन्त्री राईले पदाधिकारीलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर गुनासो नआउने गरि उपचारको प्रवन्ध मिलाउन निर्देशन दिएका छन् । उनले ५ सय क्षमताको आइसोलेशन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशिघ्र बनाउन भनेका छन् ।

मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर निर्देशन दिएका हुन । उनलेले विरामीहरुको राम्रो उपचार गराउन र आएका विरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिए ।

तत्काल पीसीआर परीक्षणको दायरा बढाउन निर्देशन दिदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निर्माण गर्न मुख्यमन्त्री राईले निर्देशन दिएका छन् । मुख्यमन्त्रीको निर्देशनसँगै वीपीका पदाधिकारीहरुले आवश्यक कामहरु थाल्ने जानकारी गराएका थिए । छलफलमा वीपीका पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes