झापामा छोराको कुटपिटबाट बुबाको मृत्यु - Pahilo Online

झापामा छोराको कुटपिटबाट बुबाको मृत्यु

writer

झापा । झापा गाउँपालिका ३ झापाका ७० बर्षीय साईला टुडुको निजकै छोराको कुटपटबाट मृत्यु भएको छ । टुडुका २५ बर्षीय छोरा सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको हो । सोमवार राती साँढे ११ बजेको समयमा छोराले बुबालाई एक्कासी बाँसको भाटाले शरिरका बिभिन्न भागमा अन्धाधुन्द कुटपिट गर्दा घाईते भएका टुडुलाई उपचारको लागी स्थानीय मेडिकलमा लगिएको र उक्त मेडिकलमा उपचार हुन नसकी सुबिधा सम्पन्न अस्पतालमा लैजानु भनी भनेता पनी आफन्तले घरमै ल्याई राखेकोमा सोही कारणबाट मृत्यु भएको भनी जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई कुटपिट गर्ने सुनिल टुडुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes