३ जिल्लाबाट नियन्त्रीत लागुऔषध सहित ६ जना पक्राउ - Pahilo Online

३ जिल्लाबाट नियन्त्रीत लागुऔषध सहित ६ जना पक्राउ

writer

मोरङ । १ नम्बर प्रदेशका ३ जिल्लाबाट नियन्त्रीत लागुऔषत सहित ६ जना पक्राउ परेका छन् । झापा, ईलाम र मोरङ जिल्लाका बिभिन्न स्थानबाट पक्राउ परेका हुन् । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बाह्रदशी गाउँपालिका २ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित बाह्रदशी गाउँपालिका ३ का २३ बर्षीय अमिन मोहम्बदलाई बिरिङ खोला किनाराबाट पक्राउ गरेको हो ।

यसैगरी ईलामको माङसेबुङ गाउँपालिका ५ का १९ बर्षीय प्रेम राई र १७ बर्षीय अमिर लिम्बु नियन्त्रीत लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो २ केजी गाँजा सहित दुबै जनालाई पक्राउ गरेको हो ।

यस्तै मोरङको केरावारी गाउँपालका ६ बाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । सोमवार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले मुगु खोला छेउमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १० प ७६९३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार रहेका केरावारी गाउँपालिका ५ का २२ बर्षीय रुपेश राई, धरान ८ की ३० बर्षीया अबिमाया राई र २० बर्षीय उत्सव लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले डाईजेपलाब ९५ एम्पुल, एभिल ९४ एम्पुल र लुपिजेसिक ९७ एम्पुल लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा कानूनी कारवाहीका साथै थप अनुसन्धान भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes