कानेपोखरीका १६ जनाको पीसिआर रिपोर्ट नेगेटिभ - Pahilo Online

कानेपोखरीका १६ जनाको पीसिआर रिपोर्ट नेगेटिभ

writer

कानेपोखरी । मोरङ कानेपोखरी–३ को कोरोना संक्रमित एकजना पुरुषको कन्टयाक ट्रेसिङ्गमा परेका १६ जनाको पीसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । गत विहिबार संङ्क्रमित पुरुषको परिवार र छिमेकीको स्वाब संकलन गरी पीसिआर परीक्षणको लागि विराटनगर पठाएको थियो । मंगलबार ४ दिन पछि १६ जनाकै पीसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रमा कार्यरत सो पुरुषलाई साउन ३० गते शुक्रबार कोरोना संङ्क्रमण देखा परेको थियो । कोरोना पृष्टी भएपछि वडाकार्यालयले वडा सिल गरेको थियो । संङ्क्रमित युवालाई रंगेली नगरपालिकाको आइसोलेशन वार्डमा राखिएको छ ।

त्यसैगरी वडा नं. ४ स्थित बयरवन बजारमा पनि भदौ ३ गते बुधबार ८५ बर्षीय एक बृद्धमा कोरोना पोजेटिभ पृष्टी भएको थियो । वडा नं. ४ पनि कोरोना पोजेटिभ देखिएपछि वडाकार्यालयले अनिश्चितकालिन वडाशिल गरेको छ । कोरोना संङ्क्रमित बृद्धको कन्ट्याक ट्रेसिङ्गमा परेका छिमेकीहरुको पनि आज आएको १६ जनाको रिपोर्ट भित्रै नेगेटिभ आएको स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए । कोरोना संङ्क्रमित बृद्ध अहिले आफ्नै घरमा होम आइसोलेशनमा बसेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes