विराटनगर महानगरले कोरोना जाँचका लागि मेसिन खरिद - Pahilo Online

विराटनगर महानगरले कोरोना जाँचका लागि मेसिन खरिद

writer

विराटनगर । कोरोनाले निकै प्रभाव पारेको प्रदेश १ को राजधानी विराटनगरमा सम्भावित कोरोना संक्रमितको नमुना संकलन गरेको रिपोर्ट आउन ढिलो भएपछि महानगरपालिकाले छुट्टै पीसीआर मेसिन खरिद गरेको छ ।

यो मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ । मेसिन सञ्चालनका लागि महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको मेयर भीम पराजुलीले जानकारी दिए ।

महानगरसँग प्रविधिक जनशक्ति नभएका कारण सञ्चालनको जिम्मा कोशीलाई दिएको उनले बताए । ‘मेसिन सञ्चालनका लागि २५ लाख रुपैयाँ हस्तान्त्रण गरिसकेका छौं’ उनले भने, ‘अब पीसीआर रिपोर्ट आउन समय लाग्दैन ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes