प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला १ वर्षमा निर्माण गरीने - Pahilo Online

प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला १ वर्षमा निर्माण गरीने

writer

मोरङ । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिने भएको छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्ली सम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय र सुलभमूल्यमा सेवा दिने बताउनुभयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरी सञ्चालन हुने प्रयोगशालाको सञ्चालन स्वीकृति दिने, नियमित अनुगमन र गुणस्तर मापनको काम गर्ने जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताउनुभयो । उनले प्रयोगशालाले महामारीका समयमा विशेष परीक्षण गर्ने, प्रयोगशालाकर्मीको क्षमता विकास तालिम दिने, विगतमा फैलिएको महामारी देखा परेमा पुन पहिचान गरिने र नयाँ रोगको परीक्षण गर्ने, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रयोगशालाको गुणस्तर मापनका लागि समन्वय र सहकार्य गर्ने बताएका छन् ।

प्रयोगशाला स्नातकोत्तर क्याम्पस विराटनगरको जमिनमा निर्माण गरिने भएको छ । मन्त्रालयले क्याम्पससँग जग्गाप्राप्ति संवन्धि आज सम्झौता गरेको छ । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र क्याम्पस प्रमुख महेशकुमार खत्रीले सम्झौतामा हस्ताक्षर भएको छ । प्रयोगशलाको भवन सेभ द चिल्ड्रेनले निर्माण गर्ने भएको मन्त्रालयका सचिव कार्कीले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes