हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादी प्रदिप यादव पक्राउ - Pahilo Online

हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादी प्रदिप यादव पक्राउ

writer

मोरङ । हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादीको सूचीमा रहेका बग्गा भनिने प्रदिप यादव पक्राउ परेका छन् । भारतमा बसी नेपालका बिभिन्न जिल्लाहरुमा सञ्जाल बिस्तार गरी अपराधीक कार्य गर्ने गिरोहका मुख्य नाईकेलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिराटनगरबाट पक्राउ गरेको छ ।

भारतको अररिया जिल्ला ईन्द्रनगर ग्रामपञ्चायत १० का ३९ बर्षीय यादवलाई शनिवार अपरान्ह पौने ५ बजे बिराटनगर महानगरपालिका १६ बाट लागुऔषध सहित पक्राउ गरिएको हो । यादवको साथबाट डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको छ । २०७५ साल मंसिर ०३ गते बिराटनगरको हुलास चोकबाट अटोमेटिक पेस्तोल सहित पक्राउ परेका मन्दिप तामाङ र सुशिल कुमार साहलाई हतियार पठाउने तथा २०७५ मंसिर ८ गते ललितपुरका रुपम राईलाई दिन भनी पठाएको लागुऔषध ब्राउनसुगर, तथा पेस्तोल सहित पक्राउ परेका बिध्यानन्द मण्डल र अनुप गिरीको घटनामा संग्लग्न रहेको खुल्न आएसंगै सर्वाधीक खोजीको सूचीमा रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्ने सफल भएको हो । पक्राउ परेका यादवको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes