मृगौला पिडित गणेशलाई सहयोग जुट्नेक्रम जारी - Pahilo Online

मृगौला पिडित गणेशलाई सहयोग जुट्नेक्रम जारी

एकैदिन शनिश्चरे बजारबाट ७५ हजार संकलन

writer

पहिलो अनलाइन


शनिश्चरे । दुवै मृगौला फेल भएर उपचार गराईरहेका मोरङ पथरीशनिश्चरे –९ निवासी गणेश विमलीलाई निरन्तर सहयोग जुटीरहेको छ । विमलीलाई शनिश्चरे बजार र आसपासका व्यक्तिहरुले रकम रहयोग गरेका हुन् ।
विगत केही समयदेखि डायलासिस गराइरहेका विमलीको दुवै मृगौला फेर्नु पर्ने र रकम अभाव भएको भनी परिवारको आग्रहमा सहयोग जुट्न थालेको हो ।

मृगौला पिडित बिमलीको स्वास्थ्य उपचारका लागि एकैदिनमा ७५ हजार नगद संकलन भएको छ ।
स्थानीय युवा दिपेन्द्र पाण्डेको अध्यक्षतामा गठित समितिले शनिश्चरे बजारमा मात्र एकै दिनमा यतिका रकम संकलन गर्न सफल भएको हो । जसमा काबिल कन्ट्रक्सनका डिल्ली थापाले ५ हजार रुपैयाँ, सुरेन्द्र लिम्बू ५ हजार, पर्शुराम काकी ५ हजार, हेमन्त विष्ट ५ हजार, दिपेन्द्र खनाल ५ हजार, सोनाम मुखिया १० हजार, कुमार राई सिरियसले ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी, मिनराज गौतम(डब्लु)ले १० हजार, ऋषिराज पौडेल ले ५ हजार १ सय, मुकुन्द पौडेलले १० हजार गणेश पौडेलले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएकोले मृगौला फेर्ने रकम जुटाउन गणेशकी पत्नी पार्वती सुबेदी विमलीले वडा कार्यालय मार्फत् सहयोगलागि सिफारिस माग गरेकी थिइन् । सोही बमोजिम पथरीशनिश्चरे नगरपालिका वडा नं. ९ का अध्यक्ष भानुभक्त राईले समेत देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरुलाई मृगौला पिडित विमलीलाई आर्थिक सहयोग गर्न आग्रह गरेका थिए ।

शनिश्चरे बजारबासीको एक भेलाले दिपेन्द्र पाण्डेको अध्यक्षतामा साझा सहयोग संकलन समिति गठन भएको थियो । समितिको सचिव कमल कार्की र कोषाध्यक्ष चन्द्रकला कार्कीलाई चयन गरिएको थियो । समितिको सदस्यहरुमा संगीता खरेल, मञ्जु फुयल उप्रेती, विवेक तिम्सिना र पितम्बर बाँस्कोटा रहेका छन् ।

बिमलीको मृगौला फेर्न सहयोग पुगोस भनेर यसअघि नै कोरियामा रहेका नेपालीहरुले ३२ हजार ५ सय त्रिचालिस रुपैयाँ विरामी गणेशकी श्रीमतीलाई पठाइदिएका छन् । जसमा हेमराज दाहाल ५ हजार रुपैयाँ, लेखनाथ ढुंगाना ५ हजार, अशोक तामाङ ५ हजार, दिनेश राई ५ हजार, घनश्याम लिम्बू ५ हजार, समिर भट्टराई ३ हजार, बुद्ध तामाङ २ हजार ५ सय र सुवाश राई २ हजार ५ सय रुपैयाँ संकलन गरी पठाएका हुन् ।

यसैगरी, कतारबाट जीवन क्षेत्री र दिनेश अधिकारको पहलमा २४ हजार रुपैयाँ, कोरियाबाट करण मगरले ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
मृगौला पिडित विमलीलाई सहयोग गर्न चाहनुहुने महानुभावले उनको मोबाइल नं. ९८४२१४१२६९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes