दमकमा १६ जनामा कोरोना संक्रमण - Pahilo Online

दमकमा १६ जनामा कोरोना संक्रमण

writer

दमक । झपाको दमकमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले लकडाउन गरे पनि दमक नगरपालिकामा संक्रमण तीब्र गतिमा फैलिएको छ। संक्रमण समुदायस्तरमानै फैलिएको पाएको छ। नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार संक्रमण पुष्टि भएकामध्ये एक जना औषधि व्यवासायी हुन्। औषधि व्यवसायीले दैनिक सयौं व्यक्तिसँग सम्पर्क गर्ने भएकाले कन्ट्याक ट्रेसिङ्मा चुनौती थपिएको छ ।

थपिएका संक्रमितमध्ये आठ जना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् भने बाँकी कन्ट्याक टे«सिङबाट नमूना संकलन गरिएका व्यक्ति हुन्। उनीहरु समुदायका व्यक्ति हुन्। विद्युत प्राधिकरण दमक वितरण केन्द्रका ६ जनामा एकैसाथ संक्रमण देखिएपछि समुदाय स्तरमा संक्रमणको रफ्दार बढेको हो। यसरी लगातार संक्रमित भेटिने क्रम बढेपछि गत शनिबारदेखिनै दमकमा लकडाउन गरिएको छ। तर, संक्रमण देखिने क्रम झनै बढेको छ। अझै यसअघि पठाइएका १४ नमूनाको रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य निरीक्षक बरालले जानकारी दिए।

हालसम्म ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ। तीमध्ये १९ जना उपचारपछि घर फर्किएको नगरपालिका क्वारेनटाइन व्यवस्थापनमा समेत खटिएका स्वास्थ्यकर्मी कुबेर भट्टराईले जानकारी दिए। यस्तै, थप २०० जनाको स्वाव संकलन गरिएको छ। त्यसको परीक्षणका लागि प्रयोगशाला पठाउने तयारी भइरहेको छ। सडक र बजार सुनसान पहिलो पटक चैत ११ मा संघीय सरकारले घोषणा गरेको लकडाउनको समयभन्दा अहिले स्थानीय स्तरले गरेको लकडाउन दमकमा कडा बनेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes