आइसोलेसन अभाबमा कोरोना संक्रमित क्वारेन्टाइनमै, पिडितको फेसबुकमार्फत गुनासो - Pahilo Online

आइसोलेसन अभाबमा कोरोना संक्रमित क्वारेन्टाइनमै, पिडितको फेसबुकमार्फत गुनासो

writer

संखुवासभा । जिल्लामा आइसोलेसन अभाबमा संक्रमितको उपचारमा समस्या भएको छ । कोरोना पोजिटिभ देखिए पनि चार दिन बित्दा पनि सक्रमितको उपचार कहाँ गर्ने भन्ने टुंगो लागेको छैन। भएका आइसोलेसन प्रयोग गर्न पनि सर्वसाधारणको विरोधका कारण समस्या भएको छ। धर्मदेवी नगरपालिका–४ पिलुवाखोलाको क्वारेन्टाइनमा बसेकाहरुले कोरोना भाइरसको संक्रमण देखिए पनि उपचार नपाएको गुनासो गरेका छन्। धर्मदेवीका कोरोना संक्रमित ३४ वर्षीय पुरुषले अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मीसमेत नआएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत गुनासो गरेका छन्।

उपचारका लागि आइसोलेसनमा लानुपर्ने भए पनि पिलुवाकै क्वारेन्टाइन आफूहरुलाई राखेको उनले बताए। अहिलेसम्म स्वास्थ्यकर्मी पनि नआएकाले खान बस्ने पनि समस्या भएको संक्रमितले फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। संक्रमितको उपचारमा आइसोलेसन अभावपछि उनीहरुलाई क्वारेन्टाइनमा नै राखिएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ। संखुवासभामा सरकारी र निजीसहित २० वार्डको आइसोलेसन भए पनि स्थानीयले अवरोध गरेपछि संक्रमितलाई क्वारेनटाइनमा राखिएको जिल्ला अस्पताल खाँदबारीका प्रवक्ता सुजता पौडेलले जानकारी दिएकी छन्।

प्रदेश सरकारले निर्माण गरेका सबै आइसोलेसन वार्ड भरिएपछि जिल्लामै राखेर उपचार गर्न भने पनि संक्रमित क्वारेन्टाइनमै बस्न बाध्य छन्। स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार जिल्ला प्रहरी कार्यालयका २२ वर्षीय पुरुष, धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष र चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। जिल्ला अस्पतालले हिमालय किरण क्याम्पसमा बनाएको १० बेडको आइसोलेसन प्रयोगका स्थानीयको विरोधपछि प्रयोगमा आउन नसकेको जनाएको छ। सरकारले साउन २५ विद्यालय तथा क्याम्पसबाट क्वारेन्टाइन तथा आइसोलेसन हटाउने निर्णय गरेपछि आइसोलेसन प्रयोगमा स्थानीयले अवरोध गरेका हुन्।

तयारी गरीएको आइसोलेसन प्रयोगमा अवरोध भएपछि जिल्ला अस्पतालले खाँदबारी नगरपालिका–९ ढुङ्गे विसौनाको प्राथमिक विद्यालयमा आइसोलेसन निर्माण लगेको थियो। ढुङ्गे विसौनाका स्थानीयले समेत विरोध गरेपछि आइसोलेसन बनाउने स्थगित भएको छ। सरकारको निर्णय र स्थानीयको अवरोधका कारण अस्पतालले लाखौं खर्चेर खाँदबारीको हिमालय किरण क्याम्पसमा बनाएको आइसोलेसन वार्ड भने प्रयोगविहीन छ। बरुण बहुमुखी क्याम्पस निर्माण गरिएको क्वारेन्टाइनसमेत हटाउन क्याम्पस प्रशासनले माग गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes