विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहनलाई हस्तान्तरण - Pahilo Online

विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहनलाई हस्तान्तरण

writer

विराटनगर । विराटनगर १४ को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्रालयमा आज आयोजित कार्यक्रमका वीच क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवास श्री पोखरेललाई हस्तान्तरण गरे । स्वामित्व ग्रहण गर्दै विश्वविद्यालयका प्रमुख पोखरेलले विराट क्याम्पसको उचाईलाई कायम राख्नेगरि काम गरिने बताए ।

सम्पत्ति र दायित्व हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री तथा विश्वविद्यालयका सहकुलपति जीवन घिमिरेले विराट क्याम्पसको भावनामा चोट नपुग्ने गरि विश्वविद्यालले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताए । उनले विराट क्याम्पस विश्वविद्यालयको सवैभन्दा ठुलो दाता भएको बताए ।

मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न १ देखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र शुरु गर्ने मन्त्री घिमिरेले बताए । सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्र्तगतका तालिम विराट क्याम्पसको भवनबाट शुरु गर्ने मन्त्री घिमिरेले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes