आज ७०७ जनामा कोरोना संक्रमण, थप ६ जनाको मृत्यु - Pahilo Online

आज ७०७ जनामा कोरोना संक्रमण, थप ६ जनाको मृत्यु

writer

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनामा परीक्षण गरीएको थियो । कोरोना संक्रमितमध्ये थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका १ पुरुष र पर्साका दुई पुरुष र १ महिलाको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

बिहीबार संक्रमित हुनेमा काठमाडौं उपत्यकाका मात्रै २०० जना रहेका छन् । जसमा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २६४ जना निको भएर डिस्चार्ज भएको जानकारी दिए । योसहित निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टीनमा रहनेको संख्या ११ हजार ७ सय ६८ रहेको छ भने ११ हजार ५ सय ५५ जना आइसोलेसनमा रहेका छन् ।

प्रदेश १ मा ४२ संक्रमित थपिए
प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, ते¥हथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष, मोरङको बुढीगंगामा २ महिला २ पुरुष, सुन्दरहरैचामा १ महिला ५ पुरुष, ते¥हथुमको म्याङलुङमा ३ महिला ६ पुरुष, उदयपुरको त्रियुगामा १ महिला ३ पुरुष, धनकुटाको शहिदभुमी र झापाको गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महोत्तरीका २ महिला १ पुरुष, धनुषा र जनकपुरका १–१ पुरुष र सिरहाका १ महिलामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । प्रदेश १ बाट आज १८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार ५ सय ७ पीसीआर परीक्षण भएको छ । हाल सम्म ७३ हजार ५ सय ५३ वटा पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes