नेपालमा पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण १३ जनाले ज्यान गुमाए, १७ जना अझै बेपत्ता - Pahilo Online

नेपालमा पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण १३ जनाले ज्यान गुमाए, १७ जना अझै बेपत्ता

writer

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परी विभिन्न ठाउँमा १३ जनाले ज्यान गमाइसकेका छन् । बाढी पहिरोमा परेर १७ जना हराइरहेका छन् भने १८ जना घाइते भएका छन् । ३० वटा घर पूर्णरुपमा भत्किएका छन् । बाढी र पहिरोका कारण अछाममा ६, बझाङमा दुई, दैलेखमा दुई, बाजुरा दुई र सुर्खेतमा एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

अछामको रामारोशन गाउँपालिका ५ मा बाढी पहिरोमा परेकामध्ये अहिलेसम्म ६ जनाको शव भेटिएको छ । हराइरहेका ११ जनाको खोजी बिहीबार बिहानदेखि फेरि सुरु गरिने गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले जानकारी दिए । रामारोशन गाउँपालिकामा तत्काल राहत र उद्धारको काम अघि बढाउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रामबहादुर थापासँग बुधबार छलफल गरेका छन् ।

यस्तै दैलेखका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण दुई जनाको ज्यान गएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका ५ रुप्साको जात्तडामा पहिरोले दुई घर बगाउँदा हराएका चारै जनाको परिचय खुलेको छ । नरहरिनाथ ५ का ५५ वर्षीय चन्द्र सहकारी, २७ वर्षीया चम्फा सहकारी, ३० वर्षीया झिमा सहकारी र १२ वर्षीय रमित सहकारी पहिरोमा परेर हराएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बझाङको बुङ्गल नगरपालिका ५ मा पहिरोले घर बगाउँदा हराएका दुई जना बालकको शव भेटिएको छ । यस्तै बाजुराको बुढीनन्दा नगरपालिका ६ मा पहिरोले घर भत्काउँदा ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका ५ की तीन वर्षीया सनीका बुढाको ज्यान गएको छ । बाढी पहिरोका कारण सुर्खेतमा पनि एक जनाको ज्यान गएको छ । वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग पनि बन्द भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes