कानेपोखरीमा फेरि आज एकजनामा कोरोना संक्रमण - Pahilo Online

कानेपोखरीमा फेरि आज एकजनामा कोरोना संक्रमण

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। कानेपोखरी ४ बयरबनका ८१ वर्षिया वृद्धमा बुधबार कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्यमा समस्या आएपछी कोराना आशङ्कामा भदौ १ गते प्रदेश कोभिड ल्याब बिराटनगरमा गरिएको परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो। संक्रमित अहिले कोशी अस्पतालको आईसोलेसनमा नै रहेको पनि कानेपोखरीका स्वास्थ्य संयोजक रोहिन्द्रराज भण्डारीले बताए ।

अहिले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि कानेपोखरी गाउँपालिका भदौ ७ गतेसम्मको लागि लकडाउन गरिएको छ साथै कानेपोखरी ४ मा समुदायस्तरमै कोरोना फैलिन थालेपछी चाडैं छलफल गरि आवश्यक भएमा वडा शिल गर्नेपनि वडाअध्यक्ष धनबहादुर राईले जानकारी दिए। हाल वडा नम्बर ३ मा केही दिन अगाडि संक्रमित भेटिएपछी शिल गरिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes