वडा नं ४ मा विद्युत् विस्तारको काम हुदै - Pahilo Online

वडा नं ४ मा विद्युत् विस्तारको काम हुदै

writer

पथरीशनिश्चरे । पथरीशनिश्चरे वडा नं ४ मा विद्युत् विस्तारको काम धमाधम भईरहेको छ । नगरको केहि सहयोगमा वडा नं ४ ले नेपाल विद्युत् प्राधिकरण उर्लाबारी सँगको समन्यमा विस्तारको काम गरीरहेको छ । विद्युत् विस्तार नभएको वडाको धराने टोल पुर्व, शिरीसे डाँडा आसपास र शान्ति चौक पुर्व संङरौला टोल जाने बाटोमा ३३ थान पोलमा २ फेजको तार विस्तार भईरहेको छ । अहिले सम्म त्यहाँका जनताले धरै टाढाबाट कालो तारबाट ल्याएर विद्युत् बाल्दै आएका थिए । त्यसैगरी वडाकै बर्गचौक पश्चिम हस्पिटल एरिया प्रगतीटोल आसपास २० थान पोलमा ४ फेजको तार विस्तार भइरहेको छ।

विस्तारको काम भोलि र पर्सी (बिहिबार र शुक्रबार) सकिने जानकारी आएको छ । काम सम्पन्नभएपछि लगभग १०० घरधुरी प्रत्यक्ष रुपमा लाभान्भित हुनेछन् । साथै वडाका अन्य आवश्यक स्थान किर्तिपुर पश्चिम सट्टाभर्ना सम्म, शमशेर टोल र जोगी टोल लगायत स्थानमा विद्युत् विस्तारको माग गरिएको वडाअध्यक्ष गोविन्द बहादुर भण्डारीले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes