मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी, संग्लग्न ५ जना पक्राउ - Pahilo Online

मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी, संग्लग्न ५ जना पक्राउ

writer

सुनसरी । सुनसरीको खोलामा मृत फेला परेका भोक्राहा नरसिंह गाउँपालिका ७ सुनसरीका २२ बर्षीय गुणराज यादवको हत्या भएको पुष्टी भएको छ भने हत्या संग्लग्न ५ जनालाई पक्राउ गरिएको छ । गत श्रावण ३१ गते सुनसरी खोलामा बोरा भित्र मृत अवस्थामा फेला परेका यादवको सम्बन्धमा अनुसन्धान गर्दा यादवलाई निकै साथीहरु स्थानीय ४२ बर्षीय दिनेश महतो, २० बर्षीय पप्पु राम, १९ बर्षीय शिव कुमार मेहेता, दिपक कुमार यादव र प्रदिप रामले हत्या गरेको खुल्न आए संगै पाँचै जनालाई पक्राउ गरिएको हो ।

उनीहरुले श्रावण २९ गते साँझ ७ बजेको समयमा पालैपालो कुटपिट गरी हत्या गरेको र चोकरको बोरामा हालेर सुनसरी खोलामा लगी फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles