पथरीशनिश्चरेको मुख्य बजार क्षेत्र ‘पथरी’मा सब्जी तथा फलफुल पसलहरु व्यवस्थित गरीयो - Pahilo Online

पथरीशनिश्चरेको मुख्य बजार क्षेत्र ‘पथरी’मा सब्जी तथा फलफुल पसलहरु व्यवस्थित गरीयो

writer

Santosh Khaling Rai

पथरी शनिश्चरे । कोरोना संक्रमणबाट बच्ने उपाय स्वरुप मोरङको पथरी शनिश्चरेको मुख्य बजार क्षेत्र ‘पथरी’मा सब्जी तथा फलफुल पसलहरु व्यवस्थित गर्न थालिएको छ । भदौ ७ सम्म नगरमा जारी रहेको बन्दाबन्दी (लकडाउन) को समयमा विहान ६ देखि विहान ९ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको सब्जी तथा फलफुल पसलहरु सडकमा राखेर भिडभाड सिर्जना गर्ने कार्यलाई रोकिएको हो ।

वडा नम्बर १ स्थित पथरी हाटबजार क्षेत्रको सडक र नालीको क्षेत्राधिकारभित्र रहेका सब्जी तथा फलफुल पसललाई पिपलबोट बजार क्षेत्रमा सारिएको वडाध्यक्ष बाबुराम एङ्देनले बताए । वडा कार्यालयले हिजोदेखि माइकिङ गर्दै सडक क्षेत्रमा रहेका अव्यवस्थित सब्जी र फलफुल व्यवसायीलाई पिपलचोक क्षेत्रको हाटमा सार्न सूचित गरिएको थियो ।

मंगलबार वडाध्यक्ष एङ्देनको अगुवाईमा इलाका प्रहरी कार्यालय र नगर प्रहरीका सुरक्षाकर्मीहरुमार्फत पसल व्यवस्थित गराउने काम भएको छ । साथै नाला क्षेत्रमा रहेका सम्पूर्ण सामग्री हटाउने काम पनि सुरु भएको छ । पसलमा कम्तिमा डेढ मिटरको सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नुपर्ने, हातमा ग्लोब लगाउनु पर्ने उल्लेख गरिएको छ ।

कोरोनाबाट बच्न स्वास्थ्य सतर्कताका लागि नगरपालिकाले अन्यतर्फका सब्जी तथा फलफुल पसलहरु पनि उसैगरी स्वतः व्यवस्थित गर्न व्यवसायीलाई अनुरोध गरेको छ । सिटी सफारी, अटो रिक्सा सहितका यातायातका सम्पूर्ण साधन सञ्चालन नगर्न तथा घरभित्रै बसेर लकडाउनलाई पूर्ण रुपले पालना गर्न समेत अनुरोध छ ।

अत्यावस्यक खाद्यान्न, अस्पताल, क्लिनिक, औषधि पसल, एम्बुलेन्स, सववाहन, दुग्धजन्य पदार्थ, पानी बोक्ने गाडी भनें खुला नै रहने निर्णय भएपनि नगरपालिका कार्यालय, वडा कार्यालयका प्रशासनिक सेवा सहित सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका सम्पूर्ण साधन वन्द रहनेछन् । बैंक तथा वित्तीय संस्था भनें विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालनमा रहनेछन् । कोरोना सर्न सक्ने भएकाले सागसब्जी र फलफुल भनें यस पालिका बाहिरबाट नल्याउने निर्णय गरिएको छ ।

हालसम्म वन्द नै रहन सरकारले सूचित गरेका शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, लज, जिमखाना, व्यूटिपार्लर, फिल्म हल, धार्मिक तथा पर्यटकीयस्थलहरु पूर्ण वन्द नै राख्नु पर्ने निर्णय छ । लकडाउनको समयमा ७० वर्षमाथिका ज्येष्ठ र १२ वर्षमुनीका बालबालिकालाई घर बाहिर ननिस्किन विशेष अनुरोध समेत गरिएको छ । लकडाउनको उल्लंघन गर्ने र मास्क नलाउनेलाई प्रहरीले जरिवाना समेत गर्ने प्रहरीको परिपत्र छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes