ठेकेदारको लापरवाहीलेस्वास्थ्य चौकी भवन अलपत्र - Pahilo Online

ठेकेदारको लापरवाहीलेस्वास्थ्य चौकी भवन अलपत्र

writer

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. ३ र ४ को हाङपाङ र चाँगेमा ठेकेदारको चरम लापरवाहीका कारण स्वास्थ्य चौकी भवन अलपत्र परेको हो । निर्माण सुरु भएको २ वर्षमा पूरा गर्नुपर्ने सम्झौता भएको भए पनि ६ वर्ष वितिसक्दा समेत भवनको बन्ने टुङ्गो छैन ।

दुवै योजनाको सम्झौता २०७१ कात्तिक २५ गते भएको थियो । हिमालयन विल्डर्स प्रालि जोरपाटी काठमाडांै र कविर कन्ट्रक्सन प्रालि काठमाडौं (जेभी)ले ठेक्का पारेको थियो । हाङपाङ स्वास्थ्य चौकी भवनको १ करोड ९१ लाख र चाँगे स्वास्थ्य चौकीको २ करोड २ लाखको ठेक्का थियो । प्रालिका सञ्चालक किशोर शेर्पाले निर्माणको अख्तियारी तेह्रथुमका तेजबहादुर कार्कीलाई दिएका थिए । कार्की तेह्रथुम सदरमुकामस्थित सिंहबाहिनी उच्च माविमा कार्यरत शिक्षकसमेत हुन् ।

यता ठेकेदार किसोर शेर्पाले भने भदौ १५ गतेदेखि काम थाल्ने बताए । ‘केही आन्तरिक समस्याका कारण निमार्ण कार्य रोकिएको छ ।’– शेर्पाले टेलिफोनमा भने– ‘स्थानियलाई केही तिरोभारो पनि छ । त्यो पनि मिलाउँछै र भदौ १५ देखि काम थाल्छाँै ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes