मोरङ । नेपालमा कोरोना संक्रमितमध्ये मृत्युहुनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रौतहट, मोरङ र काठमाडौंमा गरी थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १०७ पुगेको जानकारी दिए ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भयो । यो सँगै संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । सोमबार संक्रमित हुनेमध्ये काठमाडौ उपत्यकाका मात्रै १६८ जना रहेका छन् । काठमाडौंका १०९, ललितपुरा १५ र भक्तपुरका १४ जना रहेका छन् । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १६० जना डिस्चार्ज भएको जानकारी दिनुभयो । यो सँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ जना रहेको छ ।