बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त, रोनाल्ड कोम्यानलाई ल्याउने - Pahilo Online

बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त, रोनाल्ड कोम्यानलाई ल्याउने

writer

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार भोगेपछि स्पेनी क्लब बार्सिलोनाले टोलीका मुख्य प्रशिक्षक क्वीक सेटिनलाई बर्खास्त गर्ने भएको छ । बार्साका अध्यक्ष जोसेप मारिया बार्टोमेउले मुख्य प्रशिक्षक सेटिनलाई यसै साता जिम्मेवारी मुक्त गर्ने बताएका हुन् ।

त्यसबारे औपचारिक निर्णय आज बस्ने बैठकबाट हुने स्पेनी मिडियाले उल्लेख गरेका छन् । बार्साले नयाँ प्रशिक्षकका रुपमा रोनाल्ड कोम्यानलाई ल्याउने भएको छ । नेदरल्याण्डस्का प्रशिक्षक कोम्यानलाई सेटिनको स्थान दिने बार्साको तयारी छ । ६१ बर्षीय सेटिनको नेतृत्वमा बार्सिलोनाको प्रर्दशन खस्कदै गएपछि क्लवले उनको विकल्प खोजेको हो ।

बार्सा यो सिजनको ला लिगामा दोस्रो स्थानमा रहेको थियो । गत जनवरीमा अर्नेष्टो भल्भर्डेको स्थानमा बार्सा पुगेका सेटिनले यो सिजन बार्सालाई कुनै पनि उपाधि दिलाउन सकेनन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes