काठमाडौं । नेपालमा आज ६ सय ४१ जना कारोना संक्रमित थपिएका छन। १२ हजार २ सय ४७ पीसीआर परीक्षणमा २ सय १८ महिला र ४ सय २३ पुरुष गरी ६ सय ४१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। (कोभिड(१९) बाट थप २ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पर्सामा एकजना पुरुष र मोरङमा १ जना महिलाको मृत्यु भएको हो। प्रवक्ता गौतमका अनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ। यस्तै गण्डकी प्रदेशमा ६, प्रदेश नम्बर ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ गरी १ सय ४ जनाको मृत्यु भएको छ। आज ६ सय ४१ जना संक्रमित थपिएका छन। १२ हजार २ सय ४७ पीसीआर परीक्षणमा २ सय १८ महिला र ४ सय २३ पुरुष गरी ६ सय ४१ जना संक्रमित थपिएको उनले बताए।
काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन्। आइतबार १ सय ३४ जना डिस्चार्ज भएका छन्। प्रदेश नम्बर १ मा १ हजार १ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ६ सय १२, बागमती प्रदेशमा ६ सय ५४ र गण्डकी प्रदेशमा १ हजार ५ सय २८ जना डिस्चार्ज भएका छन्। यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८८, कर्णाली प्रदेशमा १ हजार ९ सय ३८ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ गरी आजसम्म १७ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन्।
प्रदेश १ मा आज १ सय ३ संक्रमित थपिए
प्रदेश १ मा आज १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । मोरंगमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगर महानगरपालिकामा आज ८६ जनामा कोरोनो पुष्टि भएको छ । संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।