कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार नाघ्यो, एक सय दुई जनाको मृत्यु - Pahilo Online

कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार नाघ्यो, एक सय दुई जनाको मृत्यु

प्रदेश १ मा आज ८६ संक्रमित थपिए

writer

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार नाघेको छ । गएको २४ घण्टामा थप चार सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको हो । २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरेकोमा चार सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा एक सय २४ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार दुईसय एक पुगेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा कोरोनाका कारण तीन जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या एक सय दुई पुगेको छ । अहिले नेपालमा आठ हजार एक सय ९३ जना सक्रिय सङ्क्रमित विभिन्न ठाउँको आइसोलेशनमा छन् भने १४ हजार चार सय ४८ जना क्वरेण्टीनमा रहेका छन् ।

प्रदेश १ मा आज ८६ संक्रमित थपिए
प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, ग्रामथान, सुनबर्षीमा १–१ पुरुष र कानेपोखरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सुनसरीको धरानमा २ महिला ९ पुरुष, रामधुनीमा ५ पुरुष, बर्जुमा ३ पुरुष, ते¥हथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज सम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ७ पुगेको छ । प्रदेश १ मा आज १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय अन्र्तगतको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति संयोजक डा.सरोज विशालले बताए । प्रदेश १ मा आज सम्म ६४ हजार ५ सय ९९ जनाको पीसीआर परक्षिण भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes