कोशी अस्पतालमा विराटनगरका अर्का युवकको पनि मृत्यु - Pahilo Online

कोशी अस्पतालमा विराटनगरका अर्का युवकको पनि मृत्यु

writer

मोरङ । कोशी अस्पताल विराटनगरमा अर्का एक युवकको पनि कोरोना कारण मृत्यु भएको छ विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।

विराटनगरका युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई आफन्तले विहीबार बिहान कोशी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो । तर रिपोर्ट नआउँदै बिहीबार दिउँसो ४ बजे उनको मृत्यु भयो ।

बिहान संकलन गरिएको स्वाबको रिपोर्ट बेलुका नेगेटिभ आयो । तर रिपोर्ट शंकास्पद लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो । ‘सुरुको रिपोर्ट नेगेटिभ आयो, शंका लागेर पुनः स्वाब संकलन गरेका थियौं,’ डाक्टर दासले भने, ‘आज बिहान पोजेटिभ रिपोर्ट आयो ।’

कोरोनाको पीसीआर जाँच गर्दा प्रतिसयमा करिब ७० प्रतिशत सही रिपोर्ट आउँछ । मेसिनको अवस्था र संकलन गरिएको स्वाबका कारण कहिलेकाहीँ पोजेटिभलाई नगेटिभ देखाउन सक्ने प्राविधिकहरु बताउँछन् । सामान्यतया पोजेटिभ देखिएको केसको दुई पटक पीसीआर जाँच गरिन्छ ।
३० वर्षीय पुरुषको मृत्यु भएसँगै विराटनगरभित्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । यसअघि विराटनगर–९ का दुई जना, ३, ५ र १० नम्बर वडाका एक–एक जनाको मृत्यु भएको थियो । बिहीबार नै सिरहाका ४० वर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भएको थियो । बिहीबार मृत्यु भएका दुई जनाको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले अन्त्येष्टि गर्ने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes