पथरीशनिश्चरेबाट परीक्षणमा पठाइएको सवैको कोरोना रिपोर्ट नेगेटिभ - Pahilo Online

पथरीशनिश्चरेबाट परीक्षणमा पठाइएको सवैको कोरोना रिपोर्ट नेगेटिभ

writer

पथरीशनिश्चरे । गत साउन १७ गते सामुदायिक वन सम्वन्धीको एक कार्यक्रममा सहभागिमध्ये विराटनगरबाट आएका एक जना अधिकारीलाई कोरोना देखिएपछि सो कार्यक्रममा सहभागिहरुको कन्ट्रयाक ट्रेसिङका आधारमा पथरीशनिश्चरे नगरपालिकाले स्वाब संकलन गरी ल्याब पठाएको सवैको रिपोर्ट नेगेटिभ आउको छ । नगरका जनप्रतिनिधि, पत्रकार, समाजसेवी, सामुदायिक वनका पदाधिकारी तथा क्वारेन्टिनमा रहेकाको गरी ९५ जनाको कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड अस्पताल विराटनगरको ल्याबबाट शुक्रबार विहान आएको रिपोर्टमा सवैजनाको कोरोनाको अवस्था नेगेटिभ देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए ।

मोरङसहितका जिल्लामा कोरोना ह्वात्तै बढेकाले स्वाब परीक्षणको संख्या पनि बढेकाले साउन २५ गते पठाएको स्वाबको रिपोर्ट आउन केही ढिलो हुन गएको पनि उनले बताए । रिपोर्ट आउन ढिलाई हुँदा अफवाह फैलाउने तथा स्वाब दिनेहरुमा मनोबैज्ञानिक तनावसमेत सिर्जन हुन पुगेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes