सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरियो, ५ घरका परिवार सम्पर्कविहीन - Pahilo Online

सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरियो, ५ घरका परिवार सम्पर्कविहीन

writer

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिपीमा पहिरोले १३ वटा घर पुरीएको छ । जुगल गाउँपालिका वडा नम्बर २ लिपीमा बिहान झरेको पहिरोले १३ घर पुरिएको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बताए ।

१३ घरमध्ये ५ घरका परिवार सम्पर्कविहीन भएका छन् । अरु १५ जना सामान्य घाइते भएको नेपालले जानकारी दिए । पहिरोले घर पुरेपछि प्रभावितहरु नजिकैको सुरक्षित ठाउँमा बसेका छन् ।

पहिरोका कारण ३० घरहरु जोखिममा रहेका छन् । अहिले उद्धारको काम सुरु भएको छ । हेलिकप्टर तथा प्रहरीको टोली बोलाएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes