पछिल्लो २४ घण्टामा ५२५ कोरोना संक्रमित, विराटनगरमा ६० सहित प्रदेश १ मा १ सय १५ संक्रमित - Pahilo Online

पछिल्लो २४ घण्टामा ५२५ कोरोना संक्रमित, विराटनगरमा ६० सहित प्रदेश १ मा १ सय १५ संक्रमित

writer

मोरङ । देशभर बिहीबार ५ सय २५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। साथै बिहीबार देशभरबाट १ सय ९ जना डिस्चार्ज भएका छन्। आज काठमाडौंमा मात्र १ सय ९ जनामा कोरोना देखिएको छ। त्यसैगरी भक्तपुरमा ५ र ललितपुरमा ११ जनामा कोरोना पुष्टि भएको गौतमले बताए। हाल देशभरका क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना बसिरहेका छन्। देशभर हाल ७ हजार ६ सय १३ संक्रमित रहेका पनि गौतमले जानकारी दिए। बुधबार देशभर ४ सय ८४ जनामा कोरोना पुष्टि भएको थियो। देशभर सक्रिय संक्रमित ८ हजार २५ जना रहेका उनले बताए। हालसम्म ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

विराटनगरमा ६० सहित प्रदेश १ मा १ सय १५ संक्रमित थपिए

प्रदेश १ मा बिहिबार १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरका २२ महिला ३८ पुरुष, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes