मृगौला पिडित गणेशलाई सहयोग जुट्दै - Pahilo Online

मृगौला पिडित गणेशलाई सहयोग जुट्दै

writer

पहिलो अनलाइन

शनिश्चरे । दुवै मृगौला फेल भएर उपचार गराईरहेका मोरङ पथरीशनिश्चरे –९ निवासी गणेश विमलीलाई देश विदेशबाट सहयोग जुट्न थालेको छ । विमलीलाई शनिश्चरे घर भई वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुले रकम रहयोग गरेका हुन् ।

विगत केही समयदेखि डायलासिस गराइरहेका विमलीको दुवै मृगौला फेर्नु पर्ने र रकम अभाव भएको भनी परिवारको आग्रहमा सहयोग जुट्न थालेको हो । घरको आर्थिक अवस्था कमजोर भएकोले मृगौला फेर्ने रकम जुटाउन गणेशकी पत्नी पार्वती सुबेदी विमलीले वडा कार्यालय मार्फत् सहयोगलागि सिफारिस माग गरेकी थिइन् । सोही बमोजिम पथरीशनिश्चरे नगरपालिका वडा नं. ९ का अध्यक्ष भानुभक्त राईले समेत देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरुलाई मृगौला पिडित विमलीलाई आर्थिक सहयोग गर्न आग्रह गरेका थिए ।

बिमलीको मृगौला फेर्न सहयोग पुगोस भनेर कोरियामा रहेका नेपालीहरुले ३२ हजार ५ सय त्रिचालिस रुपैयाँ विरामी गणेशकी श्रीमतीलाई पठाइदिएका छन् । जसमा हेमराज दाहाल ५ हजार रुपैयाँ, लेखनाथ ढुंगाना ५ हजार, अशोक तामाङ ५ हजार, दिनेश राई ५ हजार, घनश्याम लिम्बू ५ हजार, समिर भट्टराई ३ हजार, बुद्ध तामाङ २ हजार ५ सय र सुवाश राई २ हजार ५ सय रुपैयाँ संकलन गरी पठाएका हुन् ।
मृगौला पिडित विमलीलाई सहयोग गर्न चाहनुहुने महानुभावले उनको मोबाइल नं. ९८४२१४१२६९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes