वडा नं. ४ मा ट्रान्सफर्मर जडान - Pahilo Online

वडा नं. ४ मा ट्रान्सफर्मर जडान

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं. ४ मा विद्युत भोल्टेज कम भएका स्थानमा ट्रान्सफर्मर जडान गरिएको छ । विद्युत भोल्टेज कम भई वडावासीलाई समस्या परिरहेको अवस्थामा वडाको पहलमा नेपाल विद्युत प्राधिकरण उर्लाबारी वितरण केन्द्रले ट्रान्सफर्मर जडान गरिदिएको हो ।


पथरीशनिश्चरे वडा नं. ४ को नयाँ सोमबारेमा ५० वाट क्षमताको ट्रान्सफर्मर जडान गरिएको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले जानकारी दिए । वडाध्यक्ष भण्डारीका अनुसार चारै जना वडा सदस्यहरु पहलमा वडाभरी विद्युत विस्तारको काम भइरहेको छ । उज्यालो अभियान अन्तरगत आगामी कार्यकाल भरीमा ४ नं. वडामा कुनै पनि स्थानका वासिन्दा अँध्यारोमा बस्नु नपर्ने भण्डारीको दावी छ । सोही अभियान अन्तरगत वडाध्यका साथै वडा सदस्यहरु खड्ग सुस्लिङ मगर, तुलसादेवी दर्जी, अमर बराईली र दिलु मगर अहोरात्र खटिइरहेको देख्न सकिन्छ ।

वडा नं. ४ का नया सोमबारेका अलावा नमुना चोक, कोसेली चोकसहित गरेर चार स्थानमा ट्रान्सफर्मर जडान गरिसकिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र उर्लाबारीका प्रमुख शिवराम यादवले जानकारी दिए । वडाबाट माग भए अनुसार अन्य स्थानमा पनि आवश्यकता हेरी ट्रान्सफर्मर र विद्युत जडान गरिने यादवले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes