प्रदेश १ मा थप ४८ जनामा कोरोना संक्रमण, मृतको सँख्या ९ पुग्यो - Pahilo Online

प्रदेश १ मा थप ४८ जनामा कोरोना संक्रमण, मृतको सँख्या ९ पुग्यो

writer

मोरङ । प्रदेश १ मा ४८ जना कोरोना भाईरस(कोभिड १९) संक्रमीत थपिएका छन् भने मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ का छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज मोरंगको बुढीगंगाका २ का ५५ बर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ । आज ४८ जना थपिएका छन् । मोरंगका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश १ बाहिरका १ जना छन् । मोरंगको विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहवीका ३ र कोशी गाउँपालिका २ पुरुष, झापाको मेचीनगरका ३ पुरुष ३ महिला, भद्रपुरका ३ पुरुष र रौतहटको गौरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीका ४ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १० महिला ३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes