१३ बर्ष पछी २ फरार प्रतिवादी पक्राउ - Pahilo Online

१३ बर्ष पछी २ फरार प्रतिवादी पक्राउ

writer

सुनसरी । कर्तव्य ज्यान मुद्धाका २ जना फरार प्रतिवादी १३ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले फरार प्रतिवादीहरुलाई २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २१ बर्ष ६ महिना कैद सजाय सुनाईएका बक्लौरी ६ का ३२ बर्षीय तुलसी चौधरी र २० बर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पालाई पक्राउ गरेको हो । पक्राउ परेका यी दुबै जना प्रतिवादीहरुले २०६४ साल बैशाख २८ गते साथीको बिबाहमा जन्ती गएको समयमा एकम्बा गाउँ बिकास समिती ४ का सुनेर कुमार ठाकुरलाई सामान्य बाद बिबादको बिषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते भएका ठाकुरको उपचारको क्रममा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो ।

घटना घटाई फरार रहेका यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले २०७७ साल श्रावण २६ गते शेर्पालाई रामधुनी नगरपालिका ६ बाट तथा चौधरीलाई ईनरुवा नगरपालिका ४ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्मानीत जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes