सुनसरी । धरान उपमहानगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएपछि थप एक साता लकडाउन गरिने भएको छ । यस अघि गरेको लकडाउनको समय सकिन लाग्दा लगडाउन थप गर्ने निर्णय गरेको हो ।
धरान उपमहानगरपालिकाको आज (बुधबार) भएको कार्यपालिका बैठकले आउँदो भदौ ३ गते सम्म लकडाउन जारी राख्ने निर्णय भएको धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले बताएका छन् । साथै दुध र तरकारी आन्तरिक रूपमा व्यवस्थापन गर्न समेत निर्णय भएको छ ।