बुद्धको जन्मस्थल विवाद र बहसको विषय नभएको नेपाल सरकारको धारणा - Pahilo Online

बुद्धको जन्मस्थल विवाद र बहसको विषय नभएको नेपाल सरकारको धारणा

writer

काठमाडौँ । नेपाल सरकारले बुद्ध र उहाँको जन्मस्थल लुम्बिनी नै भएकोले विवाद र बहसको विषय बन्न नसक्ने बताएको छ । बुद्धको जन्मस्थलको सम्बन्धमा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करको हालैको एक अभिव्यक्तिका सम्बन्धमा नेपाल सरकारको धारणाबारे राखेको जिज्ञासाको जवाफमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, “नेपालको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको वास्तविकता ऐतिहासिक एवं पुरातात्विक प्रमाणले पूर्णरुपमा प्रमाणित भएको यथार्थ हो, गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्धधर्मको उद्गमस्थल हो जुन संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को) विश्वसम्पदास्थल हो ।”

सन् २०१४ मा नेपाल भ्रमणका बेला व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले “विश्वशान्तिका प्रचारक बुद्धको जन्मस्थल देश नेपाल हो” भने तथ्य प्रवक्ता पौड्यालले स्मरण गराए । “बुद्धधर्म नेपालबाट विश्वका अन्य भागमा पछि फैलिएको सत्य हो, यो यथार्थ शङ्का र विवादको विषय बन्न सक्दैन न त बहसको विषय नै । यो वास्तविकताबाट अन्तरराष्ट्रिय समुदाय परिचित छ”, परराष्ट्र प्रवक्ता पौड्यालले थपे । 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes