केहि हप्ता यता भारतमा कोरोना संक्रमणका घटनाहरू तिब्ररूपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५ सय ३७ नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ९ सय ३३ जनाको मृत्यु भएको भारतिय संञ्चारमाध्यमले जनाएको छ । हाल सम्म भारतमा २० लाख ८८ हजार ६ सय १२ कोरोना संक्रमित पुष्टि भएको छ ।
जसमा ४२ हजार ५ सय १८ संक्रमितको मृत्यु भएको छ भने १४ लाख २७ हजार ६ सय निको भएर घर फर्किएका छन् । भारत विश्वमा कोरोना संक्रमितको संख्याका आधारमा तेस्रो मुलुक रहेको छ ।