धरान । धरानको खानेपानीको विषयलाई लिएर काठमाडौ पुगेर गत साउन २२ गते धरान आएकी भण्डारी हिजोदेखि होम क्यारेन्टिनमा बसेकी हुन् । विभिन्न मन्त्रालयमा दौडधुपसँगै धरान उपमहानगरपालिककी एक कर्मचारीको परिवार मै कोरोना पुष्टि भए पछि कन्ट्याक्ट् ट्रेसिङको आधारमा उनी होम क्यारेन्टिनमा बसेकी हुन् । पिसिआर परीक्षणका लागि उपमेयर भण्डारी, ७ बर्षीय छोरी, श्रीमान्र आमाको आज स्वाब पठाइएको छ ।
‘धेरैतिर दौडथुप भयो । सँगै काम गर्ने कर्मचारीको परिवार मै देखियो । त्यही भएर हिजोदेखि नै घरमै बसेको छु । हामी परिवार नै क्यारेन्टिनमा छौं ।’ उनलेभनिन्’ आज परिक्षणका लागि स्वाब दिएरर आएका छौं ।’ ती कर्मचारीसँग जोडिएका अन्यलाई पनि कन्ट्याक्ट् ट्रेसिङको आधारमा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले जानकारी दिए ।
उपमेयरसँग नजिक रहेकी महिला कर्मचारी उनका १० बर्षीय छोरा र आमालाई संक्रमणको पुष्टि भएको थियो । छोराको हिजो रिर्पोट आएको थियो भने ती महिला कर्मचारी र आमाको आज रिर्पोट आएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।