थप ३ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा मृतकको संख्या ६७ पुग्यो - Pahilo Online

थप ३ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा मृतकको संख्या ६७ पुग्यो

writer

पर्साका दुई र धनुषाका एक गरी थप तीन जना मृतकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्जका ५७ वर्षीय व्यवसायीमा साँझ कोरोना पुष्टि भएको हो । अस्पतालका संयोजक डा. उदयनारायण सिंहका अनुसार मुटुरोगी ती व्यवसायी मंगलबार दिउँसो निमोनिया र श्वासप्रश्वासको समस्या लिएर आएका थिए । ‘बुधबार राति १० बजेतिर स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखिएको थियो,’ डा. सिंहले भने, ‘बिहीबार बिहान साढे ८ बजे मृत्यु भयो ।’

यस्तै, गत साउन २० मा घरमै मृत्यु भएका वीरगन्ज महानगरपालिका–११ मुर्लीका ८० वर्षीय वृद्धमा पनि बिहीबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । गत मंगलबार राति आफ्नै निवासमा मृत्यु भएका उनको बुधबार बिहान स्वाब संकलन गरिएको थियो । साउन १७ गते काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा पनि बिहीबार कोरोना पुष्टि भएको छ । उनी दम र मधुमेहकी बिरामी थिइन् । योसँगै बिहीबार साँझसम्म कोरोनाबाट देशभर मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes