चिर्पट प्रहार गरी हत्या, हत्यामा संग्लग्न पक्राउ - Pahilo Online

चिर्पट प्रहार गरी हत्या, हत्यामा संग्लग्न पक्राउ

writer

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका १ का २७ बर्षीय राकेश राईलाई मानिस हत्याको आरोपमा पक्राउ गरिएको छ । गत २० गते राती पौने ९ बजेको समयमा स्थानीय ५६ बर्षीय जबरधन राईसंग सामान्य बिबाद हुँदा रिसको आवेगमा राकेशले नजिकै रहेको दाउराको चिर्पटले प्रहार गर्दा घाईते भएका राईलाई अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटना घटाई फरार रहेका राकेशलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes