सीमा र क्वारेन्टाइनमा खटिएका इलामका १६ जना सशस्त्रमा कोरोना - Pahilo Online

सीमा र क्वारेन्टाइनमा खटिएका इलामका १६ जना सशस्त्रमा कोरोना

writer

इलाम । सशस्त्र प्रहरी बल १ नं. गण इलाममा कार्यरत थप १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टाइन व्यवस्थापनमा खटिएका जवान रहेका छन् । अन्तिम चरणको ३७ जनाको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए । योसँगै इलाममा ४७ सशस्त्रमा संक्रमण पाइएको छ। बिहिबार भेटिएका संक्रमितमध्ये १० जनालाई पूर्वाञ्चल विश्वविद्यालयको कोरोना अस्पताल गोठगाउँ र ६ जनालाई मेची अञ्चल अस्पताल लगिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes