७ दिनका लागि कानेपोखरी लकडाउन - Pahilo Online

७ दिनका लागि कानेपोखरी लकडाउन

writer

कानेपोखरी । समुदाय स्तरमा कोरोना भाईरस जोखिम बढदै गएकाले कानेपोखरी गाउँपालिकामा समेत कोरोना भाइरस संक्रमणको जोखिम बढने संभावना भएकाले (बिहीवार) साउन २२ गते राती १२ बजेदेखि साउन २९ गतेसम्मलाई लकडाउन गरीएको छ ।

कानेपोखरी कार्यपालिका र कोरोना भाइरस जोखिम न्यूनिकरण गाउँस्तरीय समन्वय समितिको बुधबारको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको गाउँ प्रवक्ता सुशील बुढाथोकीले जनाए । गाउँप्रमुख तथा कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक ताराबहादुर काफ्लेको अध्यक्षताको बैठकले लकडाउनको समयमा अत्यावश्यकीय खाद्यान्न, सागसब्जी, फलफुल, दुग्धजन्य पदार्थ,स्थानीय स्तरमा उत्पादित सागसब्जी, बैक तथा वित्तिय संस्था, सहकारी संस्थाहरु, खाद्य मल,भेटनरी पसल साथै विपत व्यवस्थापनका कार्यहरुलगायत ढुवानीका साधन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खुला राख्ने निर्णय गरेको छ । जसमा, कम्तिमा डेढ मिटरको सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।

साथै अस्पताल, क्लिनिक, औषधि पसल, एम्बुलेन्स, सववाहन, पानी बोक्ने गाडी भनें खुला नै रहने निर्णय भएको छ । गाउँपालिका कार्यालय, वडा कार्यालय सहित सरकारी तथा गैरसरकारीकार्यालय, यातायातका सम्पूर्ण साधन वन्द रहनेछन् । लकडाउनलाई प्रभावकारी बनाउन विशेषगरि प्रहरी, सशस्त्र प्रहरी र ‘प्रहरीको साथी म’लाई गाउँ सिमा क्षेत्रमा परिचालन गरिने पनि निर्णय भएको छ ।

कोरोना संक्रमण हुन नदिन छुट्टै क्वारेन्टिन रहेको र आवश्यक परेको खण्डमा अन्य क्वारेन्टिन स्थल निर्माण गर्ने पनि जनाइएको छ । हालसम्म वन्द नै रहन सरकारले सूचित गरेका शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, लज, जिमखाना, व्यूटिपार्लर,धार्मिक तथा पर्यटकीयस्थलहरु पूर्ण वन्द नै राख्नु पर्ने निर्णय भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes