आज प्रदेश १ मा ४३ जनमा कोरोना संक्रमण पुष्टि - Pahilo Online

आज प्रदेश १ मा ४३ जनमा कोरोना संक्रमण पुष्टि

writer

मोरङ । प्रदेश १ मा मंगलबार ४३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू मध्यो ३७ जना पुरूष र ६ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले आजको कोभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेको छ । मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि मोरङमा २० जना, सुनसरीमा १२ जना, झापामा ८ जना, इलाममा २ जना र धनुषा घर भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा विराटनगरमा ४ महिला र ७ पुरूष, बुढिगंगामा १ महिला र ३ पुरूष, लेटाङमा २ पुरूष, उर्लाबारीमा १ पुरूष र केराबारीमा २ पुरूष रहेका छन् । त्यस्तै, सुनसरीको इटहरीमा १ महिला र ३ पुरूष, धरानमा ३ पुरूष, दुहवीका ४ पुरूष र इनरूवाका १ पुरूषमा कोरोना संक्रमण देखिएको हो ।

झापाको कचनकवालमा ३ जना, भद्रपुरमा १ जना दाक र गौरीगञ्जमा २–२ जना पुरूषमा संक्रमण देखीएको छ, भने इलामको सुर्याेदयका दुइ पुरूषमा भाइरसको संक्रमण भेटिएको मन्त्रायलले अध्यावधिक अपडेटमा उल्लेख गरेको छ । अपडेटमा जिल्ला अस्पताल खोटाङमा रहेका एक पुरूष निको भएर डिस्चार्ज भएको पनि उल्लेख गरीएको छ । अपडेटमा हाल सम्म प्रदेश १ मा १ हजार १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । जसमा ७ जना स्थाइ ठेगाना प्रदेश १ बाहिरका रहको मन्त्रालयले जनाएको छ । मंगलबार ९सय ९७ जनाको पिसिआर परिक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes