काठमाण्डौ । नेपालमा गएको २४ घण्टामा चार सय १८ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २० हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५८ जना निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १४ हजार नौ सय ६१ पुगेको छ ।
प्रदेश नम्बर १ मा आठ सय ७५, प्रदेश नम्बर २ मा तीन हजार एक सय ७६, वाग्मती प्रदेशमा पाँच सय ४३ र गण्डकी प्रदेशमा एक हजार तीन सय ३० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा चार हजार ६६, कर्णाली प्रदेशमा एक हजार सात सय २३ र सुदूरपश्चिम प्रदेशमा तीन हजार दुई सय ४८ जना डिस्चार्ज भएका छन् । अहिले पाँच हजार सात सय ३२ जना आइसोलेसनमा रहेका छन् । १० हजार चार सय ५२ जना क्वरेण्टीनमा रहेका छन् ।