ट्याक्टर दुर्घटना १ जनाको मृत्यु ५ जना घाईते - Pahilo Online

ट्याक्टर दुर्घटना १ जनाको मृत्यु ५ जना घाईते

writer

भोजपुर । भोजपुरको आमचौक गाउँपालिका ३ हाँतातुङमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । आईतवार बेलुका सवा ७ बजेको समयमा बोयाङबाट बालंखा तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ५८८ नम्बरको ट्याक्टर आफै आनियन्त्रीत भई सडकबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएका आमचोक गाउँपालिका ३ का २८ बर्षीय दिपक कुवँरको स्थानीय बालंखा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सोही दुर्घटनामा परेर घाईते भएका अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको तथा तिन जनालई थप उपचारको लागी धरानको घोपा पठाईएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes