काठमाण्डौ । गएको २४ घण्टामा नेपालमा थप दुई सय ४६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमित हुनेको कुल सङ्ख्या २० हजार तीन सय ३२ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा एक सय ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ६ सय तीन पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । अब पाँच हजार तीन सय ६२ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन् । यस्तै १० हजार नौ सय ३४ जना क्वरेण्टीनमा रहेका छन् ।
‘६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह
सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेकोले कोरोनाको उच्च जोखिम रहने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ तथा काठमाण्डौ जस्तै बसोबास बढी भएका क्षेत्रमा जोखिममा पर्ने उमेर समूहका मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको बताउनुभयो ।
आइतबार नेपालमा दुई सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा एक सय ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ६ सय तीन पुगेको छ ।