४ नम्वर वडा कार्यालयको गत आर्थिक वर्षको कार्यप्रगति विवरण सार्वजनिक - Pahilo Online

४ नम्वर वडा कार्यालयको गत आर्थिक वर्षको कार्यप्रगति विवरण सार्वजनिक

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ४ नम्वर वडा कार्यालयले गत आर्थिक वर्ष ०७६/७७ को कार्यप्रगति विवरण शुक्रबार सार्वजनिक गरेको छ ।वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले पत्रकार भेटघाट कार्यक्रममार्फत आर्थिक वर्ष ०७६/७७ मा वडागत सिलिङका रुपमा प्राप्त १ करोड तथा नगर, प्रदेश र संघीय सांसदमार्फत प्राप्त कार्यक्रमका बारेमा कार्यप्रगति विवरण प्रस्तुत गरेका हुन।वडाको बजेटबाट भौतिक पूर्वाधारतर्फ ४६ लाख ५० हजार, स्वास्थ्यतर्फ १० लाख ५० हजार, चेतनामुलक कार्यक्रम तथा अन्यतर्फ ८ लाख ५० हजार, कृषि तथा अन्य कार्यक्रमतर्फ ५ लाख ५० हजार, शिक्षातर्फ ५ लाख, खानेपानीतर्फ ५ लाखका योजनाहरु सम्पन्न भएको उनले बताए ।

त्यस्तै, सिंचाईतर्फ ३ लाख, मठमन्दिरतर्फ ३ लाख, ह्यूम पाइप खरिदमा २ लाख, खेदकुदमा १ लाख ५० हजार, लक्षित कार्यक्रममा ७० हजारको योजना सम्पन्न भएको जानकारी दिए। कोरोना भाइरसको जोखिमका कारण ५ प्रतिशत योजनाहरु चालु आर्थिक वर्षमा सर्न पुगेको पनि जनाए।सो वडाका लागि नगरस्तरीय योजना अन्तर्गत ५२ लाख ५० हजारका ११ वटा योजना, प्रदेश सरकारबाट १ करोड ७४ लाखका ९ वटा योजना र संघीय सरकार तथा संघीय सांसद कोषबाट ६३ लाखका ३ वटा योजना सम्पन्न भएको विवरण पनि उनले प्रस्तुत गरे। वडा, नगर, प्रदेश र संघबाट गरी कुल ३ करोड ३६ लाखका योजना सो वडामा सम्पन्न भएको देखिन्छ ।

चालु आर्थिक वर्ष ०७७÷७८ का लागि ७५ लाखको वडाको सिलिङ अन्तर्गत शिक्षातर्फ ६ लाख १० हजार, कृषि तथा पशुपालनतर्फ ५ लाख, खानेपानीतर्फ ५ लाख, स्वास्थ्यतर्फ ३ लाख ४५ हजार, लक्षित कार्यक्रमतर्फ २ लाख ५० हजार सहितका योजना तर्जुमा भएको पनि जानकारी गराइएको छ ।वडाध्यक्ष भण्डारीले वडा कार्यालयमा आउँदा आवश्यक कागजातको फोटोकपि निःशुल्क गर्न र निवेदन निःशुल्क रुपमा लेख्ने प्रवन्ध वडाले गरिदिने निर्णय गरेको पनि जानकारी गराए ।कार्यक्रममा, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, वडा सदस्य खड्गबहादुर सुस्लिङ मगर, तुलसादेवी दर्जी, अमरबहादुर बराइली, दिलु मगर तथा वडा सचिव ललिता लावतीले वडाको कार्यप्रगतिका बारेमा बोलेका थिए ।यसअघि वडा नम्वर ८ ले गत आर्थिक वर्ष ०७६/७७ को कार्यप्रगति विवरण सार्वजनिक गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes