४२ जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज - Pahilo Online

४२ जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज

writer

मोरङ । कोभिड १९ अस्पतालबाट प्रदेश १ का ८ जिल्लाका ४२ जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४, कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट २ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा मोरङका ११, झापाका ७, ओखलढुंगाका १०, इलामका ४, सोलुखुम्बुका ३, सुनसरीका ४, तेह्रथुमका २ र उदयपुरका १ जना रहेका स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

प्रदेश १ मा निको भएर हालसम्ममा ७ सय ८९ जना संक्रमित घर फर्केको उनले बताए । प्रतिष्ठानमा उपचारका क्रममा सुनबर्षी ८ का एक ४५ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes