इटहरी उपमहानगरका कर्मचारीमा कोरोना भएपछि अत्यावश्यक सेवाबाहेक सबै बन्द - Pahilo Online

इटहरी उपमहानगरका कर्मचारीमा कोरोना भएपछि अत्यावश्यक सेवाबाहेक सबै बन्द

writer

इटहरी । इटहरी उपमहानगरपालिकाको योजना शाखाका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिभएपछि वडा कार्यालयसहित अत्यावश्यक सेवाबाहेक काम बन्द गर्ने निर्णय भएको छ। उपमहानगर र स्थानीय प्रशासनसहित बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क रहने कर्मचारीलाई कोरोना भएसँगै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रतिनिधिसहित बसेको बैठकले लकडाउन गर्ने निर्णय भने गरेको छैन।

लकडाउन नगर्ने भए पनि हाटबजार पूर्ण रूपमा बन्द गर्ने र बाहिरी पसल, होटेल तथा व्यवसाय स्वास्थ्य अवस्थालाई ध्यान दिएर मात्रै खोल्न पाउने पनि निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ। सङ्क्रमित कर्मचारी बुधबारसम्म कार्यालयकै काममा रहेकाले कर्मचारीमा भने त्रास बढेको छ। योजना शाखाका कर्मचारी भएकाले कर्मचारी र सेवाग्राहीको भीड लाग्ने ठाउँमा भएकाले पनि जोखिम बढेको कर्मचारीहरू बताउँछन्। केही दिनअघि उपमहानगरका १० कर्मचारीको स्वाब परीक्षणका लागि पठाइएको थियो। पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाब परीक्षण गर्ने र त्यसपछिको अवस्था हेरेर मात्र थप निर्णय गर्ने बताइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes