दूर सञ्चार कार्यालय खाँदबारी चार महिनादेखि प्रमुख विहिन, प्रमुख घर बिदामा - Pahilo Online

दूर सञ्चार कार्यालय खाँदबारी चार महिनादेखि प्रमुख विहिन, प्रमुख घर बिदामा

writer

संखुवासभा । दूर सञ्चार कार्यालय खाँदबारीका कार्यालय प्रमुख चार महिनादेखि घर बिदामा बसेपछि कार्यलय प्रमुख विहिन रहेको छ । लडडाउन हुनुभन्दा एक साताअघि घर बिदामा गएका कार्यालय प्रमुख राधारमण भट्टराई अहिलेसम्म कार्यालयमा उपस्थित भएका छैनन्।

कार्यालय प्रमुखविहीन भएपछि सेवाग्राही मर्कामा परेका छन्। भट्टराई कहिले आउने भन्ने अझै अनिश्चित रहेको कार्यालयका सूचना अधिकारी चित्र मोक्तानले बताए। कार्यालय छाडेर महिनौंसम्म घर बिदा बस्दा कार्यालयका दैनिक कामकाज ठप्प भएको छ। कार्यालयमा दैनिक गुनासोका चाङ लाग्ने गरेका छन्। कार्यालयमा सेवाग्राहीबाट आउने गुनासोलाई कार्यालय प्रमुख नभएको भन्दै कार्यालयले त्यस्तै फर्किउने गरेको स्थानीय जीवनाथ खलालले बताए।

पाँच दिनदेखि इन्टरनेट अवरुद्ध
संखुवासभामा पाँच दिनदेखि नेपाल टेलिकमको एडिएसएलको इन्टरनेट सेवा अवरुद्ध भएको छ। इन्टरनेट सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयको सेवा समेत प्रभावित भएको छ। सदरमुकाम खाँदबारी, चैनपुर, मादी र पाँचखपनलगायतका स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो। तेह्रथुमको वन्सन्तपुर र मुढेबीचको स्थानमा फाइवरमा समस्या आएपछि इन्टरनेट सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय खाँदबारीले जनाएको छ। सेवा अवरुद्ध हुँदा सदरमुकाम खाँदबारी आसपासका ६२५
सेवाग्राही प्रभावित भएका छन्।

गत आइतबारदेखि अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालन हुन अझै केही दिन लाग्ने कार्यालयका सूचना अधिकारी मोक्तानले बताए। सदरमुकाम खाँदबारीमा बुधबारदेखि ल्यान्डलाइन टेलिफोन सेवा समेत अवरुद्ध भएको छ। उत्तरी क्षेत्रमा रहेको भोटखोला गाउँपालिकामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। भोटखोला–२ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर सेवा अवरुद्ध भएको हो। त्यस्तै, सभापोखरी गाउँपालिकामा चार महिनादेखि टेलिफान सेवा अवरुद्ध भएको छ। सभापोखरीको स्वाचीमा राखिएको टावरमा समस्या आएपछि सेवा अवरुद्ध भएको कार्यालयले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes