पथरी शनिश्चरे । स्थानीय तहमा कार्यरत एमआइएस अपरेटर र फिल्ड सहायकहरुका लागि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्वन्धी अनलाइन प्रशिक्षण कार्यक्रम प्रदेश १ मा पनि सुरु भएको छ ।
प्रदेश २ का साथै प्रदेश १ को झापा, मोरङमा पनि स्थानीय तहमा कार्यरत एमआइएस अपरेटर र फिल्ड सहायकहरुका लागि साउन २० गतेसम्म ६ दिने अनलाइन प्रशिक्षण सुरु भएको हो । गृह मन्त्रालय अन्तर्गत राष्ट्यि परिचयपत्र तथा पञ्जिकरण विभागले आयोजना गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानद्वारा प्रशिक्षण सञ्चालन भएको छ । जसमा, पथरी शनिश्चरे नगरमा नियुक्त भएका एमआइस अपरेटर र फिल्ड सहायक गरी ३ जना प्रशिक्षणमा सहभागि भएका छन् ।